
लमजुङ–संचारकर्मका साथै गायन क्षेत्रमा क्रियाशिल ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । ‘ईश्वरी बराल’ नामक युट्युब च्यानलमार्फत सार्वजनकि गीतलाई दर्शक÷स्रोताले रुचाएका छन् । सकारात्मक प्रतिक्रिया दिएका छन् ।
गीतमा दीपक शर्माको शब्द र संगीत भर्नुभएको छ ।
ओएभ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको एरेन्ज सविन सुवेदीले गर्नुभएको होे । मिक्सिङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ ।
गीतको भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय छ । म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गर्नुभएको हो ।
ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीतको भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गर्नुभएको छ । सहायक कोरियोग्राफर नविन पौडेल रहनुभएको छ ।
लोकपप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो । उहाँका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसमलगायत थुप्रै गीतहरू सार्वजनिक भएका छन् ।
विगतमाझैँ यसपटकको गीतलाई पनि दर्शक/स्रोताले मन पराइदिनुभइको बताउँदै गायिका बरालले आगामी दिनमा पनि यस्तै सिर्जनाहरु पस्कने उल्लेख गर्नुभयोे ।
प्रतिक्रिया दिनुहोस