२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

राइनास कुँडुलेमा रहेको जनता माविमा ‘दशैँ विशेष कार्यक्रम’ संचालन

  • २०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित ५ दिन अघि
  • लमजुङ-को राइनास नगरपालिका–९, कँुडुलेमा रहेको जनता माध्यमिक विद्यालयले दशैँ विशेष कार्यक्रम संचालन गरेको छ ।
    विजयादशमी पर्वको पूर्वसन्ध्याको अवसरमा आज विद्यालयका शिक्षक र विद्यार्थीबीच विजयादशमीको शुभकामना आदानप्रदान गरिएको हो ।

    दशैँ पर्वको छुट्टै धार्मिक, सांस्कृतिक महत्व रहेको बताउँदै यसलाई जोगाइराख्नु हामी सबैको दायित्व रहेको विद्यालयका प्रधानाध्यापक रन बहादुर घलेले बताउनुभयो ।

    दशैँको अवसरमा सबैमा शुभकामना दिदैँ उहाँले दशैँ बिदाको समय मनोरञ्नसंगै पढाइमा पनि खर्चन विद्यार्थीलाई सुझाव दिनुभयो ।

    कार्यक्रमकै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक घलेले टिका र विद्यालयका शिक्षक विपना थापाले आफ्नो तर्फबाट सबै विद्यार्थीलाई दक्षिणास्वरुप नगद प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुले दशैँको महिमा झल्काउने गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।यस्तै, विद्यालयका शिक्षकले विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरेका थिए ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दीपक भट्ट, शिक्षक अरमेन्द्रकुमार मण्डल, विष्णुराम गिरी, सम्झना ढकाल, निरा गुरुङ र शोभा गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्यामशितल परियारले गर्नुभएको हो ।

    विद्यालय परिवारले दशैँ विशेष कार्यक्रममा गरेकोमा विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ↑