
लमजुङ–लमजुङको राइनास नगरपालिका–४ सातबिसे निवासी विष्णु परियार शब्दयात्रा प्रकाशनको ‘मैयाँ खड्का सारस्वत सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
परियारले आफ्नो स्नातकोत्तर तहमा ‘लमजुङ जिल्लामा प्रचलित ठाडोभाका लोक गीतको विधा तात्विक अध्ययन’ शीर्षकमा शोधकार्य गर्नुभएको र सोही कार्यको मूल्याङ्कन गरी उहाँलाई सम्मानित गरिएको शब्दयात्रा प्रकाशन समितिले जनाएको छ ।

विष्णु परियार अध्ययन, अध्यापनका साथै लोक गायनमा समेत सक्रिय हुनुहुन्छ ।
‘यस सम्मानले ठाडोभाका लोक गीतको संरक्षण र संवद्र्धनमा मलाई थप जिम्मेवारी थपिएको महसुस भएको छ । साथै लोक साहित्यको अध्ययनमा जुट्न अझै उत्प्रेरणा मिलेको अनुभूति गरेकी छु,’ उहाँले भन्नुभयो ।

हालै उहाँले विद्यावारिधि तह अन्तर्गत दर्शनाचार्य (एमफिल) तहको औपचारिक अध्ययन समेत पूरा गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट ‘लमजुङ जिल्लामा प्रचलित लोक गीतमा दलित चेतना’ शिर्षकमा उहाँले दर्शनाचार्य (एमफिल) तहको शोधकार्य पूरा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस