
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाका राजु प्रिती (परियार)को ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको गीत सार्वजनिक गरिएको छ ।
‘डेकेन्द्र प्रोडक्सन’ नामक युट्युब च्यानलबाट यस गीत सार्वजनिक गरिएको हो । डेकेन्द्र श्रेष्ठको शब्द\संगीतमा तयार पारिएको यस गीतमा राजु प्रितीसंगै गायिका निशा रणपालले सुमधुर श्वर भर्नुभएको छ ।
गीतको एरेञ्ज सरोज विष्टले गर्नुभएको हो । प्रेमिल भावले भरिएको नाचौँ नाचौँ लाग्ने यस गीतको भिडियोमा सुरेश कोह्ली र रबिना भण्डारी ‘फिचर्ड’ छन् ।
गीतकोे म्युजिक भिडियोको छायांकन विरेन्द्र भट्टले गर्नुभएको छ भने सम्पादन अमृत चापागाइँले गर्नुभएको हो । म्युजिक भिडियोेको कोरियोग्राफी र निर्देशन प्रविन थापाले गर्नुभएको छ ।
नेपाली सेनामा कार्यरत राजुले यसअघि पनि थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ । उहाँको सिर्जनालाई दर्शक\श्रोताले रुचाएका छन् ।
सानैदेखी गायनमा रुचि हुनुभएका राजुले आगामी दिनमा पनि सांगीतिक कोशेली लिएर दर्शक\श्रोतामाझ आउने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस