
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा धनबहादुर भुजेल नियुक्त हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिको भदौ १५ गते बसेको बैठकको निर्णयअनुसार मावि द्धितिया श्रेणीका स्थायी शिक्षक भुजेललाई विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।
सरोकारवाला सबै पक्षसंगको निरन्तर सहयोग, सहकार्य र समन्वयमा विद्यालयको समग्र पक्षको हितमा सदैव काम गर्ने नवनियुक्त प्रधानाध्यापक धनबहादुर भुजेलले प्रतिवबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस