२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

सरकारको राहत कोषमा त्रिभुवन क्याम्पस मानेचौकाको एक लाख पचास हजार सहयोग

  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित ५0 मिनेट अघि
  • तनहुँको भानु नगरपालिका–११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पसले सरकारको राहत कोषमा एक लाख पचास हजार रुपैयाँ जम्मा गरेको छ ।

    गएको भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा जिल्ला लगायत देशका विभिन्न स्थानमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्याम्पस परिवारले बाढी प्रभावितहरुको लागि सहयोगस्वरुप एक लाख पचास हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले बताउनुभयो ।

    यस दुःखद् घडीमा क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरू र क्याम्पसको आन्तरिक स्रोतबाट गरी संयुक्त रूपमा एक लाख पचास हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको सहायक क्याम्पस प्रमुख विनोद ढुंगानाले जानकारी दिनुभयो ।

    क्याम्पस परिवारले भनेको छ, ‘यो सहयोग वास्तविक विपद् प्रभावित तथा पीडित परिवारसम्म पुगी उनीहरूको पीडा कम गर्न केही हदसम्म सहयोगी बन्नेछ । यसमा हामी विश्वस्त छौँ ।’

    प्रतिक्रिया दिनुहोस