२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र : उपाध्यक्षमा लमजुङका रमेश घिमिरे पनि निर्वाचित

  • २०८२ बैशाख १५, सोमबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न समितिको पाँचौं अधिवेशनले मिश्रलाई सभापतिमा निर्वाचित गरेको होे ।

    निर्वाचन अधिकृत नविन थपलियाका अनुसार अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही, उपाध्यक्षमा लमजुङका रमेश घिमिरे, गणेश थापा, गोविन्द अधिकारी र चक्र बिक्रम शाही निर्वाचित हुनुभएको छ ।

    यस्तै, महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित हुनुभएको छ । सह–महामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बाँस्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डे निर्वाचित हुनुभएको छ ।

    पूर्व सभापति जीवन शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिका सदस्यहरुमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत निर्वाचित हुनुभएको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डे अधिवेशनका लागि नर्वे पुग्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस