२०८२ मंसिर १४, आईतबार | Sun, 30, Nov, 2025

कृष्ण दमाईंले पशुपतिमा देखेको ‘स्वर्ग’

  • २०८१ श्रावण २८, सोमबार मा प्रकाशित १ साल अघि
  • रूपबहादुर विश्वकर्मा
    त्यही पशुपतिनाथ हो, जहाँ ७१ वर्षअघि (२०१० साल) सम्म ‘अछूत’ (दलित) पस्नसम्म पाउँदैनथे।। मन्दिरको मूल ढोकामा साइनबोर्ड नै झुन्ड्याइएको थियो– ‘अछूतलाई प्रवेश निषेध’।

    तत्कालीन दलित नेता सहर्षनाथ कपालीलगायतको नेतृत्वमा पशुपति प्रवेश आन्दोलन नै गरेपछि बल्ल २०११ सालदेखि दलितका लागि पशुपतिनाथको ढोका खुलेको हो। त्यो बोर्ड हटाइएको हो। त्यस संघर्षमा ७५० जना दलितलाई गिरफ्तार नै गरिएको थियो।

    आज ९२०८१ साल० त्यही मन्दिरमा आयोजित कोटीहोम महायज्ञमा बाहुन ९उनीहरूकै शास्त्रअनुसार ब्राह्मणको अर्थ अर्कै छ० मात्र बस्न पाउने व्यासासनमा बसेर एउटा दमाईंको छोरोले भागवत वाचन गर्न पाउनु चानचुने कुरा पक्कै होइन।

    यो अवसर पाउने आचार्य कृष्ण दमाईंले त यस्तो दिन पनि आउला भनेर कल्पनासमेत गरेका रहेनछन्।

    त्यसैले अचम्मित हुँदै उनले भने, ‘मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन।’

    त्यसैले उनले त्यस दिन ९२४ साउन २०८१० पशुपतिलाई ‘स्वर्ग’ देखे।

    हर्षविभोर हुँदै उनले भने, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ, मैले स्वर्ग प्राप्त गरेको अनुभूत भएको छ।’

    अर्थात् कृष्ण दमाईंले जिउँदै ‘स्वर्ग’ देखे। आखिर स्वर्ग भन्नु नै मान्छेले गर्ने खुसी र आनन्दको अनुभूति न हो। मरेर गएकाहरूले त आजसम्म कसले भनेका छन् र– स्वर्ग यस्तो छ भनेर१

    कृष्ण दमाईं पक्कै पनि पशुपतिनाथ पहिलोचोटि आएका होइनन्। तर त्यही दिन उनलाई पशुपतिनाथ किन स्वर्गजस्तो लाग्योरु आखिर पशुपतिनाथ त उही थियो।

    किनभने सम्भवतः दमाईंले जीवनमा पहिलोपटक एउटा बाहुन जातको मान्छेले पाउनेसरहको सम्मान पाएका थिए। त्यही अकल्पनीय मानवीय सम्मानले उनलाई स्वर्गानुभूति भयो।

    उनकै अनुभूतिलाई आधार मान्ने हो भने पनि आखिर दलित समुदायले चाहेको ‘स्वर्ग’ कति नै ठूलो कुरा रहेछ र१ सिर्फ मानव हुनुको सम्मान१

    तर त्यही सानो ‘सम्मान’ पाउन नसक्दा लाखौँ मानिस नारकीय जीवन जिउन विवश छन्। उनीहरूका निम्ति यति सुन्दर संसार पनि ‘नर्क’ बनिरहेको छ।

    त्यसो भए ‘स्वर्ग’ प्राप्तिका लागि सबै दलितले कृष्ण दमाईंले जस्तै संस्कृतमा आचार्य ९स्नातकोत्तर० गर्नुपर्ने हो तरु

    तर वास्तविकता के हो भने कृष्ण दमाईंले प्राप्त गरेको ‘स्वर्ग’ पनि क्षणिक हो। अर्थात् भ्रम हो। होइन भने त्यस दिन जति गैरदलितले उनको प्रवचन सुने अथवा सुन्न बाध्य भए, तिनले आफ्नो घरमा सप्ताह(पुराण लगाउन कृष्ण दमाईंलाई बोलाउलान्रु अथवा संस्कृतमा आचार्य गरेका बाहुन र कृष्ण दमाईंबीच बिहेवारी चल्लारु

    म त ठोकुवाका साथ भन्छु– संस्कृतमा आचार्य गरेका कृष्ण दमाईंलाई मेरो गाउँका निरक्षर बाहुनले पनि घरभित्र पसाउँदैनन्।

    तर ‘विद्वान्’हरू भन्छन्, ‘जन्मले होइन, कर्मले मानिस ‘ब्राह्मण’ हुन्छ !’

    हे ‘भगवान्’ म कसरी पत्याऊँ ?

    त्यसैले आचार्य कृष्ण दमाईंज्यू तपाईं के भ्रममा नपर्दा हुन्छ भने क्षणिक र देखावटी नै किन नहोस्, त्यस दिन पशुपतिमा तपाईंले पाएको ‘सम्मान’ र ‘समानता’ तपाईंले संस्कृतमा आचार्य गरेका कारण मात्र पाउनुभएको होइन। तपाईंले त्यस दिन ‘स्वर्ग’ प्राप्त गर्नुमा तपाईंको भन्दा पनि सहर्षनाथ कपालीहरूको योगदान बढी छ।

    कपाली र उनीजस्तै दलितहरूको आन्दोलनले पशुपतिनाथको ढोकासँगै शिक्षा लिन पाउने ढोका पनि नखोलिदिएको भए आज न तपाईंले संस्कृत पढ्न पाउनुहुन्थ्यो न आचार्यको उपाधि ?

    तर पनि म तपाईंले लिएको विद्याको अवमूल्यन् गर्न चाहन्नँ। कम्तीमा तपाईंले दलित बनाइएका मानिस पण्डित पनि बन्न सक्षम छन् भनेर प्रमाणित गरिदिनुभएको छ। संस्कृत र धर्मशास्त्र पढ्न सक्ने क्षमता हामीसँग मात्र छ भनेर धक्कु लगाउने बाहुनहरूको धतुरो झारिदिनुभएको छ।

    ‘शूद्रले वेद सुनेमा सिसा र लाहा पगालेर कानमा हालिदिनू, मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिनू, कण्ठस्थ पारेमा ज्यानै खत्तम गरिदिनू ९गौतम सूत्रः १२र६०’ भन्ने मान्यतालाई चुनौती दिँदै ‘आचार्य कृष्ण दमाईं’ बन्नु आफैँमा एउटा विद्रोह हो।

    अनि देखावटी नै सही, बाहुन पण्डितहरूले पशुपतिनाथलाई साक्षी राख्दै कृष्ण दमाईंलाई आफूसरह ‘आचार्य’ स्वीकार गर्नु जात व्यवस्था रक्षात्मक अवस्थामा पुग्नु हो। यो नराम्रो हो र ?

    कृष्ण दमाईंका विषयमा अहिले दलित नै दुई धारमा देखिएका छन्। एकथरी दलितले सकारात्मक रूपमा लिएका छन् भने अर्काथरी दलितले विरोधै गरिरहेका छन्। अनि बीचका सर्वसाधारण दलितचाहिँ रनभुल्लमा परिरहेका छन्।

    विरोध गर्ने दलितहरू भन्छन्( कृष्ण दमाईंलाई पशुपतिमा प्रवचन गर्न दिँदैमा दलितको मुक्ति हुन्छ र भयो ?

    त्यसो भए दुईरचार जना दलित सांसदरमन्त्री हुँदैमा दलितको मुक्ति भयो तरु धर्मै नमान्ने कम्युनिस्टको सरकार हुँदा पनि दलितको मुक्ति भयो त ? दस-दस वर्षसम्म बन्दुक बोक्दा पनि छुवाछूत अन्त्य भयो त ?

    संविधानमा जातीय भेदभाव र छुवाछूत गर्नु दण्डनीय अपराध हो भनेर लेख्दा पनि विभेद किन भइरहेकै छ ?

    किनभने यो कुरा उही धर्म र देउतामा गएर अल्झेको छ। संस्कृति र परम्परामा गएर अड्केको छ।

    कानुनमा लेखेर के गर्नु, दलितलाई घरभित्र पसायो भने देउता रिसाउँछन्, धर्म नष्ट हुन्छ।।। यस्तै(यस्तै अन्धविश्वास जातीय छुवाछूत अन्त्यमा तगारो बनिरहेका छन्।

    यी कुरा गलत हुन्, शास्त्रमा छैनन् भनेर स्वयं धार्मिक व्यक्तिहरूले भन्न थाल्दा हामीलाई के घाटारु बरु फाइदै देख्छु म त।

    उनीहरूले धर्मशास्त्रमा विभेद छैन भन्दाभन्दै हामी छ कि छ भनेर जिद्दी किन गर्नु ? धर्मशास्त्रमा भेदभाव छैन भन्ने भ्रम फैलाउँदा हामीलाई के नोक्सान हुन्छरु बरु यस्तो भ्रम त सक्दो फैलाउनुपर्ने होइन र ?

    ल धर्मशास्त्रमा लेखेको छ रे, त्यो नमाउन्दिऊँ न, मान्नैपर्छ भन्ने के छरु संविधानमा लेखेको त नमान्दा भाछ, धर्मशास्त्रमा लेखेका सबै मान्नुपर्छ भन्ने के छ ?

    बरु शास्त्रमा छैन भने किन विभेद गर्नुहुन्छ तरु नगर्नु न भनेर अघि बढ्ने कि ?

    सुधार सम्भव छ
    कतिपय ‘क्रान्तिकारी’ (खासमा ती जत्तिका भ्रान्तिकारी कोही हुँदैनन्  धर्मकै अन्त्य गराएर दलितलाई मुक्ति दिलाउने सपना देखाइरहेका छन्। यो दिवास्वप्न मात्र हो।

    त्यसो हुँदो हो त धर्म परिवर्तन गर्ने दलितहरूले उहिले मुक्ति पाइसक्नुपर्ने।

    अतः भागेर समस्याको समाधान हुनेवाला छैन। बरु त्यहीभित्र संघर्ष गरेर, हस्तक्षेप गरेर आफ्ना पक्षमा निर्णय गराउने हो।

    जात नमानेर पनि हिन्दु हुन सकिन्न ररु अथवा हिन्दु भएर पनि जात नमान्न सकिन्न र ?

    कुनै बेला पतिको मृत्यु हुँदा पत्नीले पनि उसकै चितामा जिउँदै जल्नुपर्ने सतीप्रथा पनि हिन्दु संस्कारको अभिन्न अंग थियो। जसको व्यापक विरोध भएपछि अन्ततः १९७७ असार २५ गते चन्द्र शमशेर यो अमानवीय क्रूर प्रथाको अन्त्य गर्न बाध्य भए। अहिले सतीप्रथा छैन तर हिन्दुधर्म छ।

    सतीप्रथा त्यागेर पनि हिन्दु हुन सकिँदोरहेछ त१ अथवा हिन्दु भएर पनि सतीप्रथा नमान्न सकिनेरहेछ त !

    ठीक त्यसैगरी हिन्दु भएर पनि हामी जातिप्रथा त्याग्न वा अन्त्य गर्न किन नसक्ने ?

    अर्को कुरा, आजसम्म सतीप्रथा बोकेरै बसेको भए सायद हिन्दुधर्म लोप भइसक्थ्यो किरु त्यसलाई त्यागेर हिन्दुधर्मले आफूलाई अघि बढायो।

    अहिले हिन्दुधर्मसामु अर्को त्यस्तै चुनौती खडा भएको छ( जातिप्रथा त्याग्ने कि आफैँ सकिनेरु यी दुई विकल्पमध्ये एउटा नरोजी सुखै छैन।

    कृष्ण दमाईंले पशुपतिमा देखेको ‘स्वर्ग’
    हिन्दुधर्मले के बिर्सन हुँदैन भने अरू पनि धेरैवटा धर्म छन्, तर हिन्दुबाहेक यो संसारमा अर्को कुनै त्यस्तो धर्म छैन, जसले आफ्नै अनुयायीलाई ‘अछूत’ करार गर्दै अमानवीय व्यवहार गरोस्।

    त्यसैले हिन्दुधर्मले आफूलाई बचाउने हो भने कृष्ण दमाईंले पशुपतिमा देखेको ‘स्वर्ग’ सबै दलितले अनुभूत गर्न पाउने वातावरण जतिसक्दो छिटो बनाउनुपर्छ।

    यसो भन्दा कतिपयले फेरि सबै दलितले कृष्ण दमाईंले जस्तै संस्कृतमै आचार्य गर्नुपर्ने भाष्य पनि बनाउन खोजिरहेका छन्।

    तर तिनलाई पंक्तिकारको प्रश्न छ( दलितलाई ‘ब्राह्मण’ हुनु छैन, केवल मान्छे हुनु छ। मान्छे हुनलाई वेद नै पढ्नुपर्छ र ? मान्छे भएर जन्मिनासाथ पुग्दैन र ?

    प्रतिक्रिया दिनुहोस