२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

४२ औँ विपि स्मृति दिवस : लमजुङमा रक्तदान र वृक्षरोपण गरी मनाइयो

  • २०८१ श्रावण ७, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-आइतबार ४२ औँ विपि स्मृति दिवस । लमजुङमा पनि रक्तदान र वृक्षरोपण कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस, सुन्दबजार नगर कार्य समिति सभापति प्रकाश सेढाइँका अनुसार लमजुङ क्याम्पसस्थित ‘विपि स्मृती पार्क’ परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।

    नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिको आयोजना र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा सुन्दरबजारको मिलनचोकमा रक्तदान गरिएको छ ।

    कार्यक्रमकै अवसरमा बोल्दै संविधान सभा सदस्य चन्द्रबहादुर कुवँरले कांग्रेस विपिको विचार र सिद्धान्तमा अडिग भएर हिँड्नुपर्नेमा जोड दिनुभयो ।
    नेपाली राजनीतिक इतिहास र साहित्य क्षेत्रमा विपिको अतुलनीय योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले विपिको विचारलाई आत्मसत् गर्दै सामाजिक रुपान्तरणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सकिने बताउनुभयो ।
    कार्यक्रममा पार्टी निकट भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, नगर कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस