२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनप्रधान टिजर सार्वजनिक

  • २०८२ बैशाख १७, बुधबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं-दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेका फिल्म ‘बलिदान’को टिजर युट्युबमा सार्वजनिक भएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले बुधबार टिजर ल्याएका हुन् ।

    यो एक्सनप्रधान टिजरले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ । दमदार एक्सनका दृश्यसहित देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ ।

    ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म,’ भनिएको छ।

    भिडियोको अन्त्यमा भट्टको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ । निर्देशक सन्तोष सेनले समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएको बताए । ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ’ सेनले भने । सेनले टिजरलाई श्रृखंलाबद्धरुपमा प्रस्तुत गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    ↑