
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९, फूलबारी मुल घर भई हाल बेलायतमा रहनुभएका राजकुमार सुनार (राजशान्ति) र शान्ति सुनार दम्पतीले त्रैलोक्येश्वर महादेव मन्दिरको संरक्षण तथा व्यवस्थापनका लागि ५१ हजार १ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
सलमजुङको बेसीशहर–११ चिति रामचोकबेसीमा रहेको यस मन्दिरको संरक्षण तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
सुनार दम्पतीले यसअघि पनि मन्दिरका लागि १० हजार १ सय ५ रुपैयाँ र मन्दिर उद्घाटन कार्यक्रममा पूजा व्यवस्थापनका लागि थप १० हजार १ सय ५ रुपैयाँ सहयोग गर्नुभएको थियो ।
मन्दिरको संरक्षण तथा व्यवस्थापनमा थप योगदान पुर्याउने उद्देश्यले यसअघिको सहयोग समेत जोडेर कुल ५१ हजार १ सय ५ रुपैयाँ पुर्याउने घोषणा गरिएको हो ।
सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका सुनार दम्पतीको योगदानप्रति त्रैलोक्येश्वर महादेव मन्दिर संरक्षण समितिले आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहने राजशान्तिले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस