२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

राजु परियार र अमृता लुङ्गेली मगरको ‘झिलीमिली देउसी भैलो’ गीत सार्वजनिक

  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ ।
    तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।

    गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ । गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन् ।

    खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन् ।

    उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेकी छन् । विदेशमा रहेर पनि उनी नेपाली गीतसंगीतमा सक्रिय रहँदै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑