२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

वर्षा गराउने प्रणाली कमजोर बन्दै : धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने

  • २०८३ कार्तिक १४, शनिबार मा प्रकाशित ४ हफ्ता अघि
  • शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशैभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

    लगातारको झरीले सडक आवागमन, आन्तरिक हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्‍याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उच्च बढेको छ ।

    लगातारको वर्षाले पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ । मौसमविद्हरूका अनुसार वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै गएको छ ।

    जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बेलुकादेखि नै धेरैजसो क्षेत्रमा वर्षा रोकिएर रातिसम्म बादल हट्ने र भोलि (आइतबार) बिहानदेखि उज्यालो घाम लाग्ने सम्भावना छ । तर, कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, गौरीशंकर, लाङटाङ, गणेश, मनासलु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमाली क्षेत्रका दक्षिणी मोहडाका उपत्यका तथा खोँचहरूमा भने भोलि बिहानसम्मै वर्षा र हिमपातको सम्भावना कायम छ ।

    यसैगरी, गण्डकी तथा कोशी जलाधार क्षेत्रका ससाना नदीहरूमा बाढीको जोखिम भोलि बिहानसम्मै रहने भएकाले विशेष सतर्कता अपनाउन मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑