
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।
बडादशैंको टिकाको लागि नेपालमा उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले यसअघि नै जनाएको छ ।
विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस