२०८३ भाद्र १८, बिहिबार | Thu, 03, Sep, 2026

आदर्श बाल मावि बरेटारको प्रधानाध्यापकमा धनबहादुर भुजेल नियुक्त

  • २०८३ भाद्र १८, बिहिबार मा प्रकाशित ३ घण्टा अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा धनबहादुर भुजेल नियुक्त हुनुभएको छ ।

    विद्यालय व्यवस्थापन समितिको भदौ १५ गते बसेको बैठकको निर्णयअनुसार मावि द्धितिया श्रेणीका स्थायी शिक्षक भुजेललाई विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।

    सरोकारवाला सबै पक्षसंगको निरन्तर सहयोग, सहकार्य र समन्वयमा विद्यालयको समग्र पक्षको हितमा सदैव काम गर्ने नवनियुक्त प्रधानाध्यापक धनबहादुर भुजेलले प्रतिवबद्धता व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस