२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङको पैह्रेस्थित सडक घुम्तीमा जीप दुर्घटना

  • २०८३ अषाढ १५, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९ पैह्रेस्थित घुम्तीमा जीप दुर्घटना भएको छ ।

    सुन्दरबजारबाट सिउँडीबार आउँदै गरेको बा १२ च ५१५६ नम्बरको बोलेरो जीप सोमबार बिहान पौने ११ बजेको समयमा दुर्घटना भएको हो ।

    जीप पैह्रेस्थित घुम्तीबाट सडक तल खसेको थियो । ब्रेक फेल भइ जीप खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    प्रहरीका अनुसार जीपमा चालक मात्र रहेका थिए । चालकको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस