
लमजुङ–राजशान्ति फाउण्डेसनले लमजुङको सुन्दरबजार नगरपालिका–५ तार्कु खहरेमा रहेको पञ्चशिल तामाङ समाज भवन निर्माण कार्यका लागि एक लाख एक सय रुपैयाँ नगद सहयोग गरेको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–९ फूलबारी घर भइ हाल बेलायतमा बस्दै आउनुभएका फाउण्डेसनका संस्थापकद्धय राजकुमार सुनार (राजशान्ति) र शान्ति सुनारले सो भवन निर्माणमा दुई चरणमा गरी एक लाख एक रुपैयाँ सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ ।
सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल राजशान्ति फाउण्डेसनले हरेक क्षेत्रमा सक्दो सहयोग गर्दै आएको र यसलाई आवश्यकताअनुसार निरन्तरता दिइने संस्थापक राजशान्ति सुनारले उल्लेख गर्नुभयो ।

यो संगै उहाँहरुलाई समाजको विशिष्ट चन्ददातामा सूचिकृत गरिएको समाजले जनाएको छ ।
नव निर्मित भवनको यही २०८३ साल असार महिनाभित्रै समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो संगै सामाजिक धार्मिक कार्यक्रम संचालन गर्न सहज हुने समाजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस