लमजुङ-तल सुस्केरा हाल्दै, बयली खेल्दै बगेको पाउँदी खोला । हरियाली फाँट । पाउँदी खोला पारी देखिने तनहुँका सुन्दर गाउँबस्ती । फराकिलो मध्यपहाडी लोकमार्ग छेउमै पर्ने । मनै लोभ्याउने लमजुङ सुन्दरबजारको, रमाइलो डाँडा ।

यस रमाइलो डाँडा अहिले आकर्षणकोे केन्द्र बनेको छ । फुर्सदको समयमा घुम्ने, विभिन्न थरीका आकर्षक झण्डालाई पृष्ठभूमि बनाइ तस्बिर लिने, टिकटक बनाउने र साँझ बिहानको समयमा शितल वातावरणमा टहलिनेहरुको प्राय : दिनुुहुँ भीड देख्न सकिन्छ ।
बिदाको समयमा भीड झनै बढ्छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७ तार्कुटारमा रहेको यस क्षेत्रमा लमजुङसहित विभिन्न ठाउँबाट पनि मानिसहरु आउने गर्दछन् ।
सडकको सहज पहुुँच भएकाले पनि यहाँसम्म आउनेको भीड देख्न सकिन्छ । रमाइलो डाँडामा आइ रम्न पाउँदा जो कोही पनि रमाइलो अनुभूति गर्छन् । मानिसहरुको चहलहपहल हुने भएकाले यस क्षेत्रमा केही स्थानीयले खाजा बिक्री गरी आयआर्जन समेत गरेका छन् ।
यहाँ भौतिक पक्षको विकासमा स्थानीयले हातेमालो समेत गरेका छन् । सडक सुरक्षामा उचित ध्यान दिइ आवश्यक भौतिक पक्षको थप विकास गर्न सकेमा यस क्षेत्रको प्रचारप्रसार, पर्यटन प्रबद्र्धन हुनुका साथै थोरै संख्यामा भएपनि स्थानीयलाई घरगाउँमै रोजगारी दिलाउन सकिने सम्भावना देखिन्छ । यसमा सम्वन्धित सबै पक्षले ध्यान दिनु जरुरी छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस