
लमजुङ–धादिङको गल्छी गाउँपालिका–६ का ५६ परिवारलाई राजशान्ति फाउन्डेसनले राहत सामग्री उपलब्ध गराएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी फाउन्डेसनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्रीसहितको राहत प्याकेज उपलब्ध गराएको हो ।
लमजुङको भोटेओडार सिउँडीबार घर भइ हाल बेलायतमा बस्दै आएका समाजसेवी राजशान्ति सुनारको नेतृत्वमा राहत सामग्री जुटाइएको हो ।
प्रभावित प्रत्येक परिवारका लागि एक कार्टुन चाउचाउ, ५ किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, १० प्याकेट सेनेटरी प्याड र दुई पत्ता प्यारासिटामोल उपलब्ध गराएको हो ।
बाढीका कारण घरबारविहीन परिवारलाई अहिले बसोबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव छ । घर, पसल र सम्पत्तिमा क्षति पुगेपछि उनीहरुको जीविकोपार्जन समेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
राहत वितरणमा गल्छी गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कार्की, स्थानीय समेत रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) संग आवद्ध विक्रम ढकालले सहजीकरण गर्नुभएको हो ।
राजकुमार सुनार (राजशान्ति) र उहाँकी श्रीमति शान्ति सुनारले यस फाउन्डेसनमार्फत नेपालमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आउनुभएको छ ।
शान्ति सुनारको जन्मदिनको अवसरमा व्यक्तिगत खुसीलाई बाढीपीडितसँग बाँड्ने उद्देश्यले यसपटक राहत सहयोग गरिएको फाउन्डेशनले जनाएको छ ।
विपद्बाट पभावितलाई सबैले सकेको सहयोग गर्नु आवश्यक रहेको बताउँदै राजशान्तिले सामाजिक सेवामा आफुहरु निरन्तर जुटिरहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस