२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

डिप्रोक्स सिउँडीबार शाखाद्धारा वीत्तिय साक्षरता कार्यक्रम संचालन : ‘कार्यक्रम सान्दर्भिक र प्रभावकारी’

  • २०८३ जेष्ठ २५, सोमबार मा प्रकाशित ४ दिन अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीस्थित होटल राइनास होमको सभाहलमा वीत्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ । लमजुङको सिउँडीबारमा रहेको डिप्रोक्स सिउँडीबार शाखाको आयोजनामा सोमबार यस कार्यक्रम संचालन गरिएको हो ।

    कार्यक्रममा सहभागीहरुलाई डिप्रोक्स गण्डकी प्रदेशका प्रमुख रमेशबाबु कट्टेलले वीत्तिय साक्षरतासम्बन्धी जानकारी गराउनुभएको हो ।

    कार्यक्रममा डिप्रोक्स सिउँडीबार शाखाअन्तर्गत १ सय ९२ केन्द्रमध्ये ४८ केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो । उहाँहरुलाई कट्टेलले वचत, कर्जाको उपयोगिता, डिजिटल बैंकिङका साथै संस्थाको गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो ।

    डिप्रोक्स सिउँडीबार शाखाको गतिविधिका विषयमा शाखा प्रबन्धक रस्मिता खनालले जानकारी गराउनुभएको थियो । संस्थाका रविन रसाइलीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाकी संगिता सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सान्दर्भिक र प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् । केन्द्र प्रमुख २९ का सदस्य इन्दिरा न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    संस्थाले कृषि, पशुपालन, व्यापार, व्यवसाय लगायतका उत्पादन एवं व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस