
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित हुनु भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराउनुभयो ।
रुबीकुमारीलाई उहाँको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।
राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।
आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २ सय २९ जनाले मतदान गरेका थिए । उहाँको विपक्षमा ५ जनाले मतदान गरेका थिए । २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस