२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

जिल्लाको शैक्षिक विकासमा लमजुङ क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री डा. गुरुङ

  • २०८२ चैत्र २७, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • लमजुङ-गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एव प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुङले जिल्लाको शैक्षिक विकासमा लमजुङ कृषि क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    लमजुङको सुन्दरबजार नगरपालिका–७ मा रहेको लमजुङ क्याम्पसको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार बिहान सम्बोेधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

    ‘लमजुङ क्याम्पसले विगत पाँच दशकदेखि जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसलाई निरन्तरता दिनु आवश्यक छ, उहाँले थप्नुभयो ।

    शिक्षा समाज परिवर्तनको प्रमुख र बलियो आधार रहेको बताउँदै उहाँले लमजुङ क्याम्पसले यही आधारलाई मजबुत बनाउँदै आएको स्मरण गर्नुभयो ।
    आगामी दिनमा पनि यस्ता शैक्षिक संस्थाहरूलाई गण्डकी प्रदेश सरकारको साथ र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ‘गुणस्तरीय शिक्षाका लागि पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिमा लगानी आवश्यक छ । मुलुकमा उत्पादित दक्ष शैक्षिक जनशक्ति मुलुकभित्रै रहने वातावरण सिर्जना गर्नुपर्दछ,’ उहाँले थप्नुभयो ।

    कार्यक्रम क्याम्पस प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।

    उप–प्राध्यापक डा. महेश जैसीले स्वागत गर्नुभएको कार्यक्रममा कर्मचारी संघका सभापति भोजराज अधिकारी, पूर्व विद्यार्थी रामबहादुर राना, सुन्दरबजार नगरपालिका–७ का वडा अध्यक्ष जयराम रेग्मी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन सन्तोष अर्यालले गर्नुभएको हो । कार्यक्रमको अवसरमा क्याम्पसको इतिहास, उपलब्धि र अनुभवहरू समेटिएको ‘लमजुङ संवाद’ नामक पुस्तकको विमोचन गरिएको थियो । क्याम्पस परिसरमा स्वर्ण स्तम्भको अनावरण गर्दै ५० वर्षको गौरवमय यात्रालाई समेत स्मरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस