२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

लुमा केसीको ‘न हेर टुलुटुलु’ले दर्शक–स्रोताको मन जित्दै !

  • २०८२ चैत्र २६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • लमजुङ-लोक  दोहोरी क्षेत्रमा निरन्तर क्रियाशिल सर्वप्रिय गायिका लुमा केसीको नयाँ गीत ‘न हेर टुलुटुलु’लाई दर्शक–स्रोताले अत्यधिक रुचाएका छन् ।

    लुमा केसी नामक युट्युब च्यानलमार्फत दुई साताअघि सार्वजनिक गरिएको यस गीतको भिडियोलाई छोटो समयमै दर्शक–स्रोताको न्यानो माया मिलेको हो ।

    यो समाचार तयार पार्दासम्म यस गीतले ‘मिलियन भ्युज’ पाएको छ । दर्शक–स्रोताको सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

    गीतमा गायिका केसी र प्रसिद्ध गायक खेम सेन्चुरीले सुमधुर श्वर भर्नुभएको छ । गीतको शब्द नेत्र अर्यालले कोर्नुभएको हो । गीतमा नन्दु परियारले संगीत भर्नुभएको छ ।

    भिडियोमा नायक पल शाह र प्रिती गुरुङ ‘फिचर्ड’ हुनुहुन्छ । भिडियोलाई बुद्ध थापाले खिच्नुभएको हो । सम्पादन मनोज कार्कीले गर्नुभएको हो । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो ।

    आफ्नो यस सिर्जनालाई मन पराइदिनुभएकोमा दर्शक–स्रोतालाई गायिका लुमाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनजनको मन छुने खालका सिर्जना बजारमा ल्याउने उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस