२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

एकमहिने स्वस्थानी व्रत शुरू : स्वस्थानी व्रत कथा सुन्ने/सुनाउने परम्परा

  • २०८२ पौष १९, शनिबार मा प्रकाशित ८ महिना अघि
  • आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना स्वस्थानी व्रत एवम् कथाबाचन गरिन्छ ।

    स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । साथै विभिन्न शक्तिपीठको पूजा गरिन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षतालगायत चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस