
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–७, कुमालटारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल कार्य समिति पुनर्गठन गरेको छ । प्राध्यापक र विद्यार्थीहरूको संयुक्त रूपमा आज (मंगलबार) बसेकोे भेलाले युवा रेडक्रस सर्कलको कार्य समिति पुनर्गठन गरेको हो ।

समितिको अध्यक्षमा अमित विलास पन्त, उपाध्यक्षमा निकिता भुजेल, कोषाध्यक्षमा रक्षा पोखरेल, उप–कोषाध्यक्षमा सम्झना मैनाली, सचिवमा समिक्षा अधिकारी र सह–सचिवमा अनुषा कडेल चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा टेलिसा गुरूङ, श्रवण कुमार परियार, ईश्वर गौली, इन्दु अधिकारी, दिपिका जोशी र नमूना दुरा रहनुभएको छ ।
यस्तै, शिक्षक नायकमा राजु अधिकारी र शिक्षक उपनायकमा सुरेश परियार रहनुभएको छ । संरक्षक शिक्षकमा क्याम्पस प्रमुख रामशरण ढुङ्गाना रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस