२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङका नदी नियन्त्रण र सिंचाइ कुलो मर्मतका लागि बजेट विनियोजन : टेण्डर समेत आव्हन

  • २०८२ पौष २, बुधबार मा प्रकाशित ७ महिना अघि
  • लमजुङका विभिन्न नदी नियन्त्रण र विभिन्न सिंचाइ कुलो मर्मत/सम्भारका लागि बजेट विनियोजन भएको छ ।

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/०८३ का लागि पाउँदी खोला नियन्त्रण (सुन्दरबजार नगरपालिका–१०) का लागि (भ्याट कन्टिजेन्सीबाहेक) १० लाख ७९ हजार ८ सय ५३ रुपैयाँ ६७ पैसा, हिलेबजारमा नदी नियन्त्रण (दोर्दी गाउँपालिका–८) का लागि १२ लाख ९२ हजार ३० रुपैयाँ ७९ पैसा, मादी/मिदिम नदी नियन्त्रण (मध्यनेपाल नगरपालिका ६ र ७)का लागि १२ लाख ९३ हजार ४ सय २३ रुपैयाँ १३ पैसा विनियोजन गरिएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुङले बताउनुभयो ।

    मन्त्री डा. गुरुङका अनुसार बडहरे–नयाँ कुलो र सामिरे कुलो (बेसीशहर नगरपालिका–१) मर्मत/सम्भारका लागि (भ्याट कन्टिजेन्सीबाहेक) १२ लाख ९३ हजार ९ सय ४० रुपैयाँ, करापुटार कुलो (मध्यनेपाल ७)का लागि १७ लाख २७ हजार ४ सय ३ रुपैयाँ ५४ पैसा, भोर्लेटार कुलो (मध्यनेपाल ६)का लागि १७ लाख २७ हजार ४१ रुपैयाँ १६ पैसा, गैरीघाट कुलो (मध्यनेपाल ५)का लागि १२ लाख ९५ हजार ७ सय १३ रुपैयाँ ९२ पैसा, मझुवा खोला कुलो (मध्यनेपाल ८)का लागि १२ लाख ९३ हजार ८ सय ५३ रुपैयाँ ६७ पैसा विनियोजन भएको छ ।

    यस्तै, सिम्लेखोला ढलखोला कुलो (राइनास ५)का लागि १७ लाख २६ हजार ७ सय ६३ रुपैयाँ ८७ पैसा, हाँडेटार सिंचाइ (सुन्दरबजार नगरपालिका २)का १७ लाख २६ हजार २ सय ८५ रुपैयाँ २७ पैसा, हाँडीखोेला बांगे्रखोला कुलो (मध्यनेपाल नगरपालिका १–९)का लागि १७ लाख २७ हजार २ सय १६ रुपैयाँ ९३ पैसा विनियोजन भएको उहाँले बताउनुभएको छ ।

    यी आयोजनाहरुको टेण्डर समेत आव्हान भइसकेको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, लमजुङका प्रमुख विष्णुहरी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यी आयोजनाहरु २०८३ जेठ १५ गतेभित्रै सक्ने लक्ष्य लिइएको छ ।

    नदी नियन्त्रणपश्चात नदी किनारामा रहेका बस्ती सम्भावित बाढीको जोखिमबाट जोगिने र सिंचाइ, कुलो मर्मत/सम्भार भएसंगै कृषि कर्ममा किसानलाई लाभ पुग्ने आर्थिक मामिला मन्त्री डा. गुरुङले बताउनुभयो ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस