२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

‘प्रथम भोटेओडार कप प्रतियोगिता’ले भोटेओडारको गरिमा बढाएको छ : राजशान्ति

  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • राजकुमार सुनार (राजशान्ति)

    लमजुङको प्रवेशद्धारमै पर्ने भोटेओडार क्षेत्र प्राकृतिक रुपमा सुन्दर र भौतिक विकासका रुपमा तुलनात्मक रुपमा सबल छ । यो ठाउँ स्वास्थ्य, शिक्षा, कृषि, संचार र खेलकुद क्षेत्रबाट पनि परिचित छ ।

    लमजुङको भोटेओडारमा ‘प्रथम भोटेओडार कप सेभेन ए साइड फुटबल प्रतियोगिता’ सम्पन्न भइसकेको छ । सुन्दरबजार नगरपालिका र आससपासका युवाहरुलाई खेलकुदमा सहभागी गराई समाजमा स्वस्थ र सकारात्मक ऊर्जा फैलाउने मुख्य उद्धेश्यले फुटबल प्रतियोगिता आयोजना गरी सफलतापर्वक सम्पन्न पनि भयो । यसले भोटेओडारको गरिमा झनै बढाएको छ ।

    यो हाम्रो अटुट सपना थियो । युवाहरुको यो पहिलो प्रयासलाई हरतरहले साथ, सहयोग र समन्वय गर्नुहुने आयोजक क्लवका पदाधिकारी, प्रायोजक, औपचारिक कार्यक्रमका प्रमुख अतिथि, अतिथि, खेलमा सहभागी खेलाडी र देश–विदेशमा रहनुभएका भोटेओडारबासीप्रति कृतज्ञता छु ।

    यो हामो पहिलो प्रयास थियो । कमीकमजोरी रहे/भए होलान् । आगामी दिनमा त्यसलाई थप परिष्पृत ढंगले अघि बढाइने हाम्रो साझा प्रतिबद्धता छ ।

    यस प्रतियोगिता हाम्रो भोटेओडरको आपसी सदभाव्, प्रेम, स्नेह र एकतालाई कायम राखेको छ । दुरदराजमा लुकेर रहेका खेल प्रतिभाको प्रष्फुटनका साथै युवालाई सत्कर्ममा लाग्न समेत यस प्रतियोगिताले ‘रोल’ खेलेको छ ।

    यो उद्धेश्य प्राप्ति हुनुमा सबै सरोकारवालाको उतिक्कै हात, साथ छ । आगामी दिनमा पनि हामी सबै फुटेर नभइ संगसंगै जुटेर निस्वार्थ भावले यहाँको खेल क्षेत्रका साथै अन्य स्थानीय विकासका क्षेत्रमा सरिक हुनु जरुरी छ ।

    बुद्ध युथ क्लव भोटेओडारका अध्यक्षसहित उहाँको टिम एवं अन्तर्राष्ट्रिय प्रथम भोटेओडर कप २०८२ समितिका सबै सदस्यहरुप्रति पनि आभारी छु ।

    साथै यस अभियानमा जोडिनुभएका सबैसबैमा सरोकारवालामा पुन : स्मरण एवं सम्मान व्यक्त गर्दछु ।

    (राजशान्ति इन्टरनेशनल बुद्ध युथ क्लवका अध्यक्ष हुनुहुन्छ । सुन्दरबजार नगरपालिका–९ भोटेओडार फूलबारी स्थायी घर हुनुभएका उहाँ हाल बेलायतमा हुनुहुन्छ । उहाँ राजशान्ति फाउण्डेसनका संस्थापक एवं गीतकार समेत हुनुहुन्छ ।)

    प्रतिक्रिया दिनुहोस