२०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

पवित्र धार्मिकस्थल ‘मनकामना’लाई आधार बनाई गीत-संगीत पस्कने लोकप्रिय गायक चन्द्र परियार !

  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • लमजुङ–चितवन इच्छाकामना गाउँपालिका मुग्लिन निवासी लोकप्रिय गायक चन्द्र परियार र गायिका निर्जला गुरुङको सुमधुर श्वरमा सजिएको ‘मनकामनालाई दश औँला जोडेर’ बोलको नयाँ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।

    यस गीत निर्जला रोधींघर नामक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । निर्जला गुरुङ र चन्द्र परियारले संयुक्त रुपमा यस गीत लेख्नुभएको हो । गीतमा गायक परियारकै संगीत छ ।

    गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह र मोडल नारायणी खत्री ‘फिचर्ड’ छन् । भिडियोलाई दीप गुरुङले निर्देशन/कोरीयोग्राफी गर्नुभएको छ ।

    गायक परियारका मनकामनालाई फुलैको डोली, मनकामना गोरखैको दरबार लगायतका थुप्रै गीतहरु ‘हिट’ छन् ।

    गायक परियारले देशकै सुप्रसिद्ध एवं पवित्र धार्मिकस्थल मनकामना माईलाई आधार मानी अहिलेसम्म आधा दर्जन भन्दा बढि विभिन्न गीत दर्शक/श्रोतामाझ पस्किसक्नुभएको छ । उहाँका सिर्जनालाई दर्शक/श्रोताको माया, साथ पनि मिल्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस