
असारमा रोप्ने बेला पानी नपरेर समस्यामा परेका किसानले अहिले कात्तिकमा पानी पर्दा धान भित्र्याउन पाएका छैनन् । धानको बोटमै बाला टुसाउन थालेको किसानको गुनासो छ । पाँजा खेतमै भिजेको छ । आफ्नो ६ महिनाको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ । कतिपयले काटेर राखेको धानलाई चुटेर भित्र्याउन सकेका छैनन् ।
पाक्दै गरेको र काटिनसकेको धानलाई खासै समस्या नभएपनि काटेर राखेको धानलाई अब मौसम खुलेपछि घाममा सुकाएर भित्र्याउन धानबाली विज्ञको सल्लाह छ ।
अहिले परेको पानीले धानमात्रै होइन, तोरी, दलहनबाली र आलुलगायतका बालीमा पनि असर पुर्याएको छ । धान काटेर तोरी, दलहनबाली र आलु लगाउने समय भएकाले यो वर्षाले असर पारेको छ ।
प्रतिक्रिया दिनुहोस