२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

आज हरिबोधिनी एकादशी : भगवान विष्णुको प्रतीक तुलसीको विशेष पूजा गरी मनाइने परम्परा

  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ११ महिना अघि
  • लमजुङ-आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन लमजुङको सुन्दरबजार नगरपालिका-७ पाउँदीस्थित कर्मदा नदीका शिवजी मन्दिर परिसरका साथै खुदी, तार्कुघाट, बेलघारी लगायतका ठाउँमा धार्मिक मेला लाग्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    ↑