
देशका विभिन्न ठाउँमा गएरातिदेखि नै वर्षा र हिमपात भएको छ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा र बिहानदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात शुरू भएको हो । आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आजभन्दा भोलि वर्षा कम हुनेछ । पर्सि बिहीवार फेरि केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस