२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

उज्यालो र उमङ्गको रमाइलो पर्व तिहार आजदेखि शुरू

  • २०८२ कार्तिक १, शनिबार मा प्रकाशित १0 महिना अघि
  • उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि शुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको हो ।

    नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्रजस्तै यमपञ्चक १ दिन बढेको हो ।

    यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सि साेमवार साँझ नै गरिने छ । त्यस दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँशी शुरू हुने हुँदा लक्ष्मीपूजा त्यही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।

    दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा शुरू गरिन्छ । यस्तै यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँशीको रातमा गरिने लक्ष्मीपूजा सोमवार गरिए पनि त्यही तिथिमा गरिने गौपूजा भने मङ्गलवार बिहान गरिने झाले जानकारी दिनुभयो ।

    दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस