
लमजुङ–लमजुङको राइनास नगरपालिका सातबिसे घर भइ हाल काठमाडौँ बस्दै आउनुभएकी विष्णु परियारले मानव सेवा आश्रममा आफ्नो जन्मदिन मनाउनुभएको छ ।
उच्च शिक्षा अध्ययनसंगै अध्यापन, गायनका साथै योग क्षेत्रमा क्रियाशिल विष्णु परियारले गोंगबु टाउन, प्लानिङ काठमाडौँस्थित मानव सेवा आश्रममा आश्रित आमा, दिदीबहिनीहरुलाई फलफूल वितरण गरी आज आफ्नो जन्मदिन मनाउनुभएको हो ।
‘आश्रममा रहनुभएका आमा, दिदीबहिनीहरुमाझ आफ्नो जन्मदिन मनाउन पाएँ । थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी मिल्यो,’ उहाँले भन्नुभयो ।

आगामी दिनमा पनि परोपकारी, सामाजिक सेवाका क्षेत्रमा आफु जुटिरहने उहाँले बताउनुभयो । आश्रममा आइ यहाँ आश्रित आमा, दिदीबहिनीहरुलाई फलफूल वितरण गरी जन्मदिन मनाएकोमा आश्रम परिवारले उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस