
गायिका निक्की थापाको नयाँ तीज गीत ‘म भन्दा राम्रो कोही छैन, बरिलै’ सार्वजनिक भएको छ । यस गीत ‘निक्की थापा अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रेमभावको मौलिक गीत ‘म भन्दा राम्रो कोही छैन, बरिलै’ बोलको गीतमा निक्कीसंगै लोकप्रिय गायक पशुपति शर्माले सुमधुर श्वर दिनुभएको छ । साजन कुवँरको शब्द, यज्ञ सापकोटाको संगीत रहेको यस गीतमा सुनिल परियारले एरेञ्ज गर्नुभएको छ ।

यस गीतको म्युजिक भिडियोमा पल शाह र नारायणी खत्री ‘फिचर्ड’ छन् ।
गलबन्दी म्युजिकको प्रस्तुती रहेको गीतको भिडियो बुद्ध थापाले खिच्नुभएको छ । निशान बानियाँले निर्देशन गर्नुभएको भिडियोको सम्पादन भने प्रविण भट्टले गर्नुुभएको छ ।
दर्शक–स्रोताको माया, साथ पाए आगामी दिनमा पनि यस्ता मौलिक गीत संगीत दर्शक–स्रोतामाझ पस्कदैँ जाने गायिका निक्की थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस