
लमजुङ-गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा घर भइ हाल नर्वेमा बस्दै आउनुभएकी रिता परियार निरन्तर सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । परदेशमा रहेतापनि घरदेशमा रहेका, दुःख आपतमा परेकाहरुलाई उहाँले दिल खालेर साथ-सहयोग गर्दै आउनुभएको छ । सामाजिक सेवामा जुटिरहेका संघसंस्थालाई पनि सघाउँदै आउनुभएको छ ।
सामाजिक अभियन्ता रिताले आफ्नो जन्मदिनको अवसरमा आज (आइतबार) काठमाडौँ गोकर्णस्थित संयुक्त अपांग एकता समाज केन्द्र परिवारमा आश्रित ४५ जना बालबालिकालाई भोजन गराउनुभएको छ ।

परियारको सहयोगमा उहाँको माता उजेली परियार र दिदी सीता परियार सहितको टोली केन्द्रमा पुगी यहाँ आश्रित बालबालिकालाई भोजन गराउनुभएको हो ।
रिताले हालसम्म विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री वितरणका साथै विभिन्न रोगबाट थलिएका र उपचार नपाएकाहरुको उपचारका लागि पनि सहयोगस्वरुप आर्थिक सहयोग गर्दै आउनुभएको छ । उहाँले प्राकृतिक विपद्का बेला प्रभावितहरुको राहतका लागि पनि सहयोग गर्दै आउनुभएको छ ।

‘परदेशमा रहेतापनि मन घरदेशमै हुन्छ । दुःख, आपतमा परेकाहरुलाई सकेको सहयोग गर्न पाउँदा, सामाजिक सेवामा जुट्न पाउँदा औधी खुशी मिल्छ । आत्मसन्तुष्टि मिल्छ,’ रिताले भन्नुभयो, ‘सकेको सहयोग जीवनभर गरिरहन पाउँ भन्ने लाग्छ ।’
प्रतिक्रिया दिनुहोस