२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

समाजसेवी सुनार दम्पत्तिलाई ‘लमजुुङ कलाकार समाज’को सम्मान : मौलिक गीत–संगीतको संरक्षणमा जुट्ने समाजको प्रतिबद्धता

  • २०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–९ फूलबारी घर भई हाल युकेमा बस्दै आउनुभएका सामाजिक अभियन्ता एवं राजशान्ती फाउण्डेशनका संस्थापक अध्यक्ष राजकुमार (राजशान्ति) सुनार र उहाँको धर्मपत्नी शान्ति सुनारलाई ‘लमजुङ कलाकार समाज’ले स्वागत तथा सम्मानित गरेको छ ।

    सुनार दम्पत्ति नेपाल आएको बेला ‘लमजुङ कलाकार समाज’ले उहाँहरुको योगदानको उच्च सम्मान गर्दै स्वागत एवं सम्मानित गरेको हो । सोही अवसरमा संक्षिप्त अन्तरक्रिया समेत भएको थियो ।

    सुनार दम्पत्तिले ‘लमजुङ कलाकार समाज’ थप सिर्जनात्म्मक र रचनात्मक भई एकताबद्ध हुँदै कलाकार र मौलिक गीत-संगीतको श्रीवृद्धिमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

    सोही अवसरमा राजकुमार सुनार (राजशान्ति)लाई समाजको सल्लाकारको रुपमा नियुक्ति समेत गरिएको संस्थाका अध्यक्ष उमेश गुरुङले बताउनुभयो ।
    कार्यक्रममा लमजुङ कलाकार समाजका सबै कलाकारहरुको उपस्थिति रहेको थियो ।

    विशेषगरी : सिंगो लमजुङ जिल्लाको कला–संस्कृति, श्रष्टा/सर्जकहरुको पहिचान, संरक्षण र प्रबद्र्धनमा जुट्ने ‘लमजुुङ कलाकार समाज’का कलाकारहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस