२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

अर्थमन्त्री डा.गुरुङको पहलमा राइनासटार सिंचाइ आयोजनामा तीन करोड बढि बजेट विनियोजन

  • २०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको राइनास नगरपालिकामा रहेको राइनासटार सिंचाइ आयोजनाका लागि तीन करोड पचास लाख रुपैयाँ विनियोजन भएको छ ।

    गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ कांग्रेस सभापति डा. टकराज गुरुको विशेष पहलमा आर्थिक वर्ष २०८२/०८३ मा संघीय विशेष अनुदान अन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी प्रस्तावित दश करोड रुपैयाँमा तीन करोड पचास लाख रुपैयाँ विनियोजन भएको हो ।

    बजेट विनियोजन भएसंगै राइनासटार सिंचाइ आयोजना व्यवस्थित र नियमित रुपमा संचालन हुन सघाउ पुग्नुका साथै स्थानीय किसानलाई कृषि कर्म/सिंचाइमा सहज हुने विश्वास आफुले लिएको अर्थमन्त्री डा. गुरुङले बताउनुभयो ।

    लमजुङसहित समग्र गण्डकी प्रदेशमा नागरिकक जन-जीविकाका सवाल र विकास/समुन्नतिका लागि सदैव अघि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस