२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

प्रदूषण अझै अस्वस्थकर अवस्थामा 

  • २०८१ चैत्र २५, सोमबार मा प्रकाशित १ साल अघि
  • देशका धेरै ठाउँमा एक हप्तायता कायम रहेको प्रदूषण घट्ने र बढ्ने भइरहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँगसम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।

    यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् । वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

    यस्तै प्रदूषण अत्याधिक बढेकोले घटाउन सरकारले प्रयास गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर सरकारी निकायहरुले सावधानी अपाउनु भनेर विज्ञप्ति निकाल्नेबाहेक अरु ठोस काम गरेका छैनन् । प्रदूषण बढाउने गतिविधि नगर्न र यसलाई नियन्त्रण गर्नको लागि ठोस योजना ल्याउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑