२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

  • २०८१ चैत्र २५, सोमबार मा प्रकाशित १ साल अघि
  • पोखरा-पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएको छ ।आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।

    संकल्प सभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्ण मूर्ती जीमहाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्धेश्य लगायतको विषयमा जानकारी दिनुभएको थियो ।

    साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस