२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

‘पिताम्बर’को ट्रेलरमा प्रदीप खड्का एक्सन अवतारमा

  • २०८१ चैत्र १९, मंगलबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर-एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

    ३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । यो फिल्म बदलाको कथा हो । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ ।

    एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।

    प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक लाग्छ । ट्रेलर प्रदीपको वरपर घुम्छ । दिब्या रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । एक्सन कोरियोग्राफी र भब्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो ।

    प्रतिक्रिया दिनुहोस


    ↑