
लमजुङ-लमजुङको राइनास नगरपालिकास्थित टिमुरेदेखी बोराङखोलासम्मको सडक पिच हुने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरुङको विशेष पहलमा राइनास नगरपालिकास्थित टिमुरेदेखी बोराङखोलासम्मको सडक पिचका साथै मस्र्याङ्दी गाउँपालिका–४, स्याँगेस्थित मस्र्याङ्दी नदीमा मोटरेवल पुल निर्माण र बेसीशहर नगरपालिका–१० स्थित भाचोक खोलामा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन भएको हो ।
यी आयोजनाहरुको टेण्डर समेत भइसकको पर्वाधार विकास कार्यालय, लमजुङले जनाएको छ । यी आयोजनाहरुको टेण्डर आव्हानसंगै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर गुरुङले सिंगो लमजुङबासीलाई हार्दिक बधाई ज्ञापन गर्नुुभएको छ ।
साथै उहाँले गण्डकी प्रदेश सरकारलाई धेरैधेरै धन्यवाद व्यक्त गर्नुभएको छ । सडक पिच, पुल निर्माण र झोलुङगे पुल निर्माणपश्चात् स्थानीयलाई आवतजावतमा निकै सहज हुनुका साथै नागरिकको जनजीविकामा पनि टेवा पुग्ने उहाँले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस