२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

गोरखाको खारखोला पुल ठेक्का सम्झौताको सात महिना अगावै निर्माण : मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने तयारी

  • २०८१ चैत्र ३, आईतबार मा प्रकाशित १ साल अघि
  • गोरखा – पालुङ्टार नगरपालिका वडा नम्बर ९ ढुङ्गेटारीमा खारखोला पुल निर्धारित समय अगावै निर्माण भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गएको वर्ष चैतमा ठेक्का सम्झौता भएको पुल सात महिना बाँकी छँदै अघिल्लो महिना फागुनमा नै निर्माण सम्पन्न भएको हो । पुल श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का लिएको थियो ।

    पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीका अनुसार पुलको केही दिनभित्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने तयारी छ । २५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडाइ रहेको खारखोला पुलको लागत दुई करोड ७५ लाख रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑