
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित होटल राइनास होमको सभाहलमा हेरचाहकर्ता तथा स्याहारकर्ताहरुमा हुने तनाव व्यवस्थापनसम्बन्धी दुई दिने स्व : हेरचाह तालिम संचालन गरिएको छ ।
कोशिशको आयोजनामा एवं सिबिएमको सहयोगमा गएको मंगलबार र बुधबार गरी दुई दिन मनोसामाजिक समस्या भएकाहरुका हेरचाहकर्ता तथा स्याहारकर्ताहरुलाई यससम्बन्धी तालिम प्रदान गरिएको कोशिशका परियोजना अधिकृत महेन्द्र आचार्यले जानकारी दिनुभयो ।
तालिममा सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाका गरी तिस जना सहभागी थिए । सहभागीहरुलाई कोशिशका जिल्ला मनोपरामर्शकर्ता गीता घलेले तालिम प्रदान गर्नुभएको हो ।
‘स्याहारकर्ताहरुले मनोसामाजिक समस्या तथा अपांगतामा रहेका व्यक्तिहरुलाई स्याहार पुर्याउने काम एकदमै कठिन कार्य रहेको हो । यसका कारण कतिपय अवस्थामा उनीहहरुमा तनाव तथा समस्या परेको हुन सक्दछ,’ घलेले भन्नुभयो ‘तालिम अवधीमा स्याहारकर्ताहरुको तनाव व्यवस्थापनका लागि उनीहरुलाई विभिन्न योग, ध्यान, श्वासप्रश्वास लगायतका अभ्यास गराइयो ।’
स्याहरकर्ताहरुको तनाव आपसमा साटासाट गरी मन हल्का पार्नुका साथै तनाव व्यवस्थापनका असल अभ्यासहरु तालिमबाट सिक्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए । तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतार्ने उनीहरुले प्रतिबद्दता व्यक्त गरेका छन् ।कार्यक्रममा कोशिशका सामुदायिक अभियानकर्ता इन्द्र सेढाइँ र गोकर्ण कडेँलको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस