
–सुवास मजाकोटी–
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित सिउँडीबारमा रहेको फ्युचर स्टार आवासीय माविले शैक्षिक सत्र २०८१ को पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा शिक्षक अविभावकबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शिक्षक अविभावक संघका अध्यक्ष तथा दोर्दी २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बाबुराम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरुको समग्र पढाईको बारेमा गहन रुपमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा प्ले ग्रुप देखी कक्षा १२ सम्मका विद्यार्थीका अविभावकहरुको उपस्थिति रहेको थियो ।
अभिभावक सुनिता रेग्मी, सरिना श्रेष्ठ, इन्द्रकला कूमालले विद्यलयले सञ्चालन गर्दै आएको “नो बुक नो ब्याग” अभियान प्रसंशनीय रहेको बताउनुभएको थियो ।
अभिभावकहरुले विद्यर्थीलाई सकेसम्म अतिरिक्त कृयाकलापमा जोड दिन आग्रह गरेका थिए ।
कक्षा २ देखि ५ सम्मका अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरुलाई प्राइमरी इन्चार्ज सुनिल कूमार श्रेष्ठले जवाफ दिनुभएको थियो । प्रि-प्राइमरी ग्रुपमा उठेका प्रश्नहरुको जवाफ इन्चार्ज दूर्गा गुरुङ, आधारभूत तहका विषयका जवाफ इन्चार्ज अमन श्रेष्ठ र ९ देखी १२ सम्मका विद्यार्थीहरुका विषयमा उठेका जवाफ मावि इन्चार्ज कृष्ण घलेले दिनुभएको थियो ।
कार्यक्रममा समग्र जिज्ञासाको जवाफ संस्थापक निर्देशक बाबुराम पौडेलले दिनुभएको थियो । पौडेलले समग्र विद्यर्थीको भविष्य उज्ववल बनाउनका लागि विद्यालय निरन्तर रुपमा लागि रहेको बताउनुभयो ।
शिक्षक, विद्यार्थी र विद्यालयको विषयमा गहन रुपमा छलफल गर्ने वातावरणले पनि शैक्षिक सुधारमा राम्रो छाप पर्ने बताउदै समस्याका समाधान तर्फ आफूहरु जागरुकता साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थापक तथा एजुकेशन कोअडिनेटर सावित्रा पौडेल, प्रिन्सिपल रामकृष्ण घले, अभिभावक गरि करिब ४ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका कार्यक्रम संयोजक चेतन अधिकारीले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस