
लमजुङ–ग्लोबल आइएमइ बैंक सुन्दरबजार शाखाले लमजुङ कृषि क्याम्पसलाई शैक्षिक सामग्री प्रदान गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, स्थित मिलनचोकमा रहेको ग्लोबल आइएमइ बैंक सुन्दरबजार शाखाले बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार लमजुङ क्याम्पसलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
ग्लोबाल आइएमइ बैंक सुन्दरबजार शाखाका प्रमुख सन्तोष भण्डारी र बैंकका विकास श्रेष्ठले लमजुङ कृषि क्याम्पसका प्रमुख नारायण न्यौपाने र लेखापाल रामजी खड्कालाई संयुक्त रुपमा दुई थान कम्प्युटर सिपियु, दुई थान मनिटर, दुई थान माउस, दुई थान किबोर्ड र एक थान प्रिन्टर प्रदान गर्नुभएको हो ।

क्याम्पसको शैक्षिक गतिविधि सञ्चालनमा सघाउ पुगोस् भनी कम्प्युटर सहयोगस्वरुप प्रदान गरिएको ग्लोबल आइएमइ बैंक सुन्दरबजार शाखाका प्रमुख भण्डारीले बताउनुभयो ।
विगतमा पनि सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको यस बैंकले आगामी दिनमा अन्य विभिन्न सहयोगका कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पसलाई शैक्षिक सामग्री प्रदान गरेकोमा ग्लोबल आइएमइ बैंक सुन्दरबजार शाखालाई लमजुङ क्याम्पसले धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस