
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।
मंसिर ५ गते बसेको आर्थिक वर्ष २०८०\०८१ को पाँचौ कार्यपालिका बैठकले भोली (बिहिबार) हरिबोधनी एकादशीका दिन सुन्दरबजार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यस निर्णयसंगै एकादशीका दिन नगरपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य तथा मातहतका कार्यालयहरु बन्द रहने उहाँले बताउनुभयो ।
हरिबोधनी एकादशीका दिन सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित कर्मदा नदिका शिवजी मन्दिर परिसरमा ठूलो एकादशी मेला लाग्ने गर्दछ । मेला भर्न यहाँ बर्सेनी हजारौँ भक्तजनहरु आउने गर्दछन् ।
यसैगरी, राइनास नगरपालिकाको कार्यपालिका बैठकले एकादशीका दिन भोली (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस