
लमजुङ-लमजुङको राइनास नगरपालिका ६ धमिलिकुवामा रहेको ज्येष्ठ नागरिक समाजको अध्यक्षमा गोविन्दराज कडारिया चयन हुनुभएको छ ।
समाजको प्रथम अधिवेसनले कडारियाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा मैयाँ पाण्डे, रेशमबहादुुर परियार, सचिवमा शंकर विलास पाण्डे, कोषाध्यक्षमा तर्कबहादुर हटुवाल र सदस्यहरुमा चन्द्रबहादुर नेपाली, हरिप्रसाद चिलावल, मुक्तराज चिलवाल र देवकुमारी विसुराल चयन हुनुभएको स्थानीय प्रदीप कडारियाले जानकारी दिनुभयो ।

समाजकोप्रथम अधिवेसन राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकहरुको हकहतिमा नगरपालिकाले विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने नगरप्रमुख गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस