
लमजुङ–राज–शान्ति फाण्डेसनको प्रस्तुतीमा तयार पारिएको ‘सुन्दरबजार कटेसी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत विवेक धिताल युट्युब च्यानलबाट सार्वजनकि गरिएको होे ।
विवेक धितालको लय\शब्द रहेको यस गीतमा उहाँसंगै गायिका रेजिना परियारले आवाज भर्नुभएको छ । चर्चित संगीतकार बिबि अनुरागीको संगीतमा तयार पारिएको यस गीतको रेकर्डिङ\मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।
यस गीतको म्युजिक भिडियोमा लमजुङका विभिन्न रमणीय ठाउँ देख्न सकिन्छ । गीतको भावलाई केन्द्रमा राखेर लमजुङको सुन्दरबजार, भोटेओडार, पाउँदी, गाइखुरे झरना, घलेगाउँ, भुजुङ लगायतका पर्यटकीय एवं रमणीय ठाउँहरुमा ‘शुटिङ’ गरिएको म्युजिक भिडियोका निर्देशक उमेश गुरुङले बताउनुभयो ।
म्युजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे र अनुष्का भण्डारी लगायतका कलाकार ‘फिचर्ड’ छन् । भिडियोेमा रोधी संस्कृतिलाई पनि समावेश गरिएको छ ।
म्युजिक भिडियोको छायांकन शम्भु चालिसेले गर्नुभएको हो । भिडियोको सम्पादन भने रोशन धितालले गर्नुभएको छ ।
गीतका शब्दमा लमजुङका विभिन्न ठाउँ समावेश छ । सिंगो लमजुङको प्रचार–प्रसार गरी यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्धेश्यले यस गीत तयार पारिएको गीतका प्रस्तुतकर्ता राज–शान्ति फाण्डेसनका संस्थापक राजकुमार सुनारले बताउनुभयो ।
यस गीतको व्यवस्थापनमा सृष्टि सुनार, सचिता सुनार, रुपेश सुनार, साइमन राना र नवीन कार्कीले सघाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस