२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ –चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेको भेडीगोठमा मंगलबार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका छन् । चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक चपाईले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    ↑