२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

गीतकार तारा अधिकारीको वियोगान्त गीत ‘संयोग’ सार्वजनिक

  • २०८० आश्विन ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • नेपाली सुगम संगीतको गीती लेखनमा निरन्तर क्रियाशिल गीतकार तारा अधिकारीको वियोगान्त भावको गीत ‘संयोग’ सार्वजनिक भएको छ । ‘सुनौलो तारा मोशन पिक्चर्स’ नामक युट्युब च्यानलबाट यस गीत सार्वजनिक गरिएको छ ।

    गीतकार अधिकारीको शब्द र किरण कडेँलको म्युजिक कम्पोज रहेको यस गीतमा सुगम संगीतका लोकप्रिय गायक सत्यराज आचार्यले सुमधुर श्वर भर्नुभएको छ । गीतको मिक्सिङ\रेकर्डिङ शम्भुकुमार तण्डुकारले गर्नुभएको छ । गीतको भिडियोको छायांकन रेडियो नेपाल र प्रज्ञा साउण्ड एचडिको स्टुडियोमा गरिएको छ ।

    भिडियोमा गायक सत्यराज आचार्यलाई ‘फिचरिङ’ गरिएको छ । गीतको भिडियो निर्देशन गीतकार तारा अधिकारीले नै गर्नुभएको छ । निर्देशनमा उहाँलाई बाबुराम निरौलाले सघाउनुभएको छ । शिव ढकालले खिच्नुभएको भिडियोलाई नहकुल खड्काले सम्पादन गर्नुभएको छ ।

    थुप्रै गीतमा शब्द कोरिसक्नुभएकी गीतकार ताराले विगतमाझैँ यसपटक सार्वजनिक गरिएको यस गीतलाई पनि दर्शक\श्रोताको माया मिल्नेमा आफु विश्स्त रहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस